१३ औं हिट्स एफएम म्युजिक अवार्डका लागि छनोटमा परेकाहरुको नाम सार्वजनिक

नेपाली संगीतलाई उत्थान गर्ने उदेश्य सहित हिट्स एफएमले १३ औं हिट्स एफएम म्युजिक अवार्ड आगामी डिसेम्बरको अन्त्यमा गर्ने भएको छ। आईतबार राजधानीमा हिट्स एफएमले एक पत्रकार सम्मेलनको आयोजना गरि सो कुराको जानकारी दिएको हो ।

यस पटकको म्युजिक अवार्डमा पनि वेस्ट न्यु आर्टिस्ट, वेस्ट पप कम्पोजिसन, वेस्ट रक कम्पोजिसन, वेस्ट कम्पोजिसन, वेस्ट अरेन्जमेन्ट, फल्क रेकर्ड अफ द इयर, फल्क एल्बम अफ द इयर, , वेस्ट भोकल कोलाबोरेसन जस्ता विभिन्न १९ विधानमा अवार्ड दिईनेछ भने लाईफ टाईम अचिभमेन्ट अवार्ड पनि दिईनेछ।

लाईफ टाईम एचिभमेन्ट अवार्ड पाउने व्यक्तिको नाउ भने समारोहकै दिन मात्र सार्वजनिक गरिनेछ।

२०६५ बैशाख देखि २०६५ चैत्र भित्र हिट्स एफएममा दर्ता भएका गीतहरुले मात्र यस प्रतियोगितामा सामेल हुन पाउने प्रावधान रहेको छ।

छनोटमा परेकाहरुको नाम कात्तिक १७ गते शनिवार सार्वजनिक गरिएको थियो।

सर्वसाधारणको एस एम एस भोटिङ्बाट ५० प्रतिशत र आन्तरिक छनोट कमिटिबाट ५० प्रतिशतको आधारमा विजेताको नाम घोषणा गरिने आयोजकले बताए ।

गत सालको अवार्ड सेरेमोनिका फोटोहरु यहा हेर्नुहोस्

Leave a Comment